एशियन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ५०%सम्म ब्याज छूट सुविधा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छूट दिने बताएको छ ।

कम्पनीले जारी गरेको सूचना अनुसार २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको बीमालेखहरुमा भदौ १० गतेदेखि असोज १० गतेभित्र पुनर्जागरण गराएमा बीमितहरुले ब्याज छूट पाउने छन् ।पाँच वर्षदेखि माथिका व्यतित बीमालेखमा ५० प्रतिशतसम्म र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशतसम्म ब्याज छूट दिने कम्पनीले बताएको छ।

दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छूट प्रदान गरिने छैन । यसका साथै कम्पनीले एकपटक ब्याज छूट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छूट भने नदिने कम्पनीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै एनएलजी इन्स्योरेन्स लिमिटेडले मंसिर ११ मा हकप्रद सेयर …

प्रतिकृया दिनुहॊस