नेपाल लाइफ इन्स्योरेन्सद्वारा चेतनामुलक भिडियो सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमितहरुले आफुले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ मर्मस्पर्शी एवम् जनचेतनामूलक भिडियो सामग्री सार्वजनिक गरेको छ ।

“किनकी जीवन अमूल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै जीवन बीमा सम्बन्धि सेवा प्रवाह गर्दै आएको उक्त कम्पनीले जस्तोसुकै परिस्थिति आए पनि बीमालेख सरेन्डर गर्नु हुँदैन भन्ने सन्देश दिनको लागि यो भिडियो बनाएको बताएको छ ।

भिडियोमा जीवन र जीवन बीमा योजनालाई ख्याल–ख्यालमै लिँदा भविष्यमा आइपर्न सक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पिडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ । मुख्य पात्रको भुमिकालाई पृथक तरिकाले प्रस्तुत गरिएको भिडियोमा पात्रको मनको व्यथालाई संगीत मार्फत व्यक्त गरिएको छ ।

काल्पनिक भिडियोमा देखाइएको जस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामनासहित कम्पनीले जीवन बीमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिंड्न तथा जीवन बीमा योजनालाई बीचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिंड्समेत विशेष आग्रह गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले धेरैजसो मानिसले जनचेतनाको अभावको कारण बीमा सरेन्डर गरेको पाइएको हुनाले आम मानिसमा बीमा सरेन्डरले पार्न सक्ने नकारात्मक प्रभावलाई समेटेर यो भिडियो सार्वजनिक गरिएको कुरा बताएका छन् ।

उनले गाह्रोसाह्रो पर्दा अन्य उपकरणहरू रहेको हुँदा आफ्नो सुरक्षित रहेको जीवनलाई असुरक्षित बनाउने काम नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।

Link : https://www.facebook.com/share/v/nDS6gfLNTZkAWsGa/

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds