काठमाडौं । काठमाडौंको शंखमुलमा पुरुषको हत्या भएको छ । आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि रहेको ‘टाइमपास स्नुकर हाउस’मा पुरुषको हत्या भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार हत्या गरिएका व्यक्ति ४० वर्षीय रूपक वान्तवा रहेको खुलेको छ । उनी स्नुकर हाउसका सञ्चालक समेत हुन् ।
वान्तवामाथि राति करिब २ बजेतिर स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको पनि एसपी नवराज अधिकारीले जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा केहीलाई नियन्त्रणमा लिइएको छ ।
प्रतिकृया दिनुहॊस