गरिमा विकास बैंक इमर्जिङ एशिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड-२०२३ अन्तर्गत बेस्ट पर्फमेन्स अन एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) क्याटोगोरीमा अवार्ड पाएको छ ।

इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा कम्पनीले उक्त अवार्ड पाएको हो । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसँगै कम्पनीले प्रवाह गरेको कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको महशुस गरेको बताएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग इकाई प्रमुख नकुल पौडेलले अवार्ड ग्रहण गरेका थिए ।

अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो ।उक्त अवसरमा भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकको प्रतिस्पर्धा थियो ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds