मानुषी लघुवित्तको सम्पन्न गर्‍यो विशेष साधारण सभा

काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार लिमिटेडले भक्तपुरमा विशेष साधारण सभा सम्पन्न गरेको हो ।

सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो । सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको जनाइएको छ ।

संस्थाले श्रृजनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो गत आर्थिक वर्षमा नै सम्पूर्ण प्रक्रिया पुरा गरेको थियो । विविध समस्यका कारण उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको सभामा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी गराइएको थियो ।

संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि यो गरिएको संस्थाले जनाएको छ । यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरि मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

गत साता मात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो। काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन्। संस्थाको सेयर पूँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धनतेरसकै दिन सुनको मूल्यमा नयाँ रेकर्ड, कतिका हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । पछिल्लो समय दैनिकै रुपमा बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो ।

प्रतिकृया दिनुहॊस