कुमारी बैंकका ग्राहकलाई दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा विशेष छूट

काठमाडौं । कुमारी बैंक र काठमाडौंको बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार कम्पनीका ग्राहकहरुले सो क्लिनिकबाट सेवाहरु लिए बापत कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्यूआर बाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने उक्त क्लिनिकबाट चिकित्सक सल्लाह शुल्क नि : शुल्क रुपमा पाउने छन् । उक्त सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने विश्वास लिएको कम्पनीले बताएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कम्पनीले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाईमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

साथै कम्पनीले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्ट बीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्ट लि. बीच साना तथा मझौला उद्यमहरूको …

प्रतिकृया दिनुहॊस