प्रतिकात्मक तस्बिर

छुट्टाछुट्टै स्थानमा एउटै बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

काठमाडौं । झापामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । बालिकामाथि एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका हछन् ।

बालिकामाथि ७ जना युवाले अर्जुनधारा नगरपालिका-५ र बिर्तामोडमा बलात्कार गरेको पाइएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए । उनकाअनुसार तीमध्ये ६ आरोपी पक्राउ गरेका छन् भने एकजना फरार रहेका छन् ।

अर्जुनधारा नगरपालिका-५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा-८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरलाई पक्राउ गरिएको छ भने अर्जुनधारा ७ कै लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगीलाई पनि प्रहरीले समातेको छ । फरार रहेको एक जनाको खोजी भइरहेको उपरीक्षक चन्दले जानकारी दिए ।

बिर्तामोडको बसपार्क क्षेत्र र लंका होटल एन्ड रिसोर्टमा गरी दुई स्थानमा बलात्कार गरेको भनेर दुईवटा जाहेरी परेको छ । एक ठाउँमा तीन र अर्को ठाउँमा चार जनाले बलात्कार गरेको भनेर पीडितले जोहेरी दिएको प्रहरीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पलेशालाई सरकारको सम्मान, खातामा पठायो ६५ लाख

काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ …

प्रतिकृया दिनुहॊस