फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ । तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४ सय सय रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार भने घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १ हजार ८ सय ५० रुपैयाँमा कायम भएको छ । शुक्रबार यसको मूल्य प्रतितोला १ हजार ८१५ रुपैयाँ थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउ हालसम्मकै उच्च, शुक्रबार ३ हजारले बढेर १ लाख ५६ हजार नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । …

प्रतिकृया दिनुहॊस