डिउटी गर्दागर्दै अस्ताए प्रहरी हवल्दार बोहरा

काठमाडाैं ।  जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत एकजना प्रहरी सहायक हवल्दारको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङ अपराध नियन्त्रण तथा अनुसन्धान समुह दरबन्दी भई अछाममा कार्यरत प्रहरी सहायक हवल्दार टंक बहादुर बोहराको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नागरिक सहायता कक्षमा डिउटीमा खटाइएको थियो । तर उनी डिउटीकै क्रममा साढे दुई बजेको समयमा अचानक बेहोस भएका थिए ।

तत्काल उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा उपचारका लागि लगिएको थियो । तर उपचारकै क्रममा सवा ३ बजे निधन भएको अछाम प्रहरीले जनाएको छ । उनको घर मंगलसेन नगरपालिका वडा नम्बर ८ ओलिगाँउ हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देउराली पूजाको प्रसाद खाँदा ३५ जना अस्पताल भर्ना

काठमाडौं । अर्घाखाँचीमा देउराली पूजाको प्रसादका रूपमा मासु खाएरका ३५ जना बिरामी परेका छन् । सन्धिखर्क नगरपालिका १ तारा मार्गका उनी आइतबार मासु खाएपछि बिरामी परेका हुन् ।

प्रतिकृया दिनुहॊस