फाइल फाेटाे

कल्भर्ट नजिकै मृत फेला परे रामगोपालपुरका वडाध्यक्ष यादव

काठमाडाैं । महोत्तरीको बर्दिबास-जलेश्वर सडकखण्डमा रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादव मृत फेला परेका छन् ।

सडकको कल्भर्ट नजिक बिहान वडाध्यक्ष यादव मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए । उनका अनुसार घटनास्थल नजिकै मोटरसाइकल पनि भेटिएको छ ।

घटनास्थल बर्दिबास नगरपालिका ८ मा पर्छ । वडाध्यक्ष यादवको शव भेटिएपछि अहिले बर्दिबास-जलेश्वर सडक अबरुद्ध बनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पलेशालाई सरकारको सम्मान, खातामा पठायो ६५ लाख

काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ …

प्रतिकृया दिनुहॊस