सैलुङ पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौं । रामेछापको दोरम्बा सैलुङमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्कमा गएराति पहिरोले घर बगाउने दुई जनाको मृत्यु भइको हो ।

कम्तीमा ३ घर बगाउँदा ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए । वर्षाका कारण वडा २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल बगाउँदा घटनास्थलसम्म पुग्न समस्या भएको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पलेशालाई सरकारको सम्मान, खातामा पठायो ६५ लाख

काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ …

प्रतिकृया दिनुहॊस