तनहुँ दुर्घटना : घाइतेलाई लिन सेनाको हेलिकोप्टर दुर्घटनास्थलतर्फ

काठमाडौं । भारतीय पर्यटक सवार बस शुक्रबार मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ ।

बस तनहुँको आँबुखैरेनीनजिक ऐना पहरा भन्ने स्थानबाट नदीमा खस्दा मृत्यु भएका १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । ‘१४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ । १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको छ । उद्धार कार्य जारी नै छ,’ थापाले भने ।

घाइतेलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । मेडिकल टीमसहितको टोली एमआई १७ हेलिकोप्टरमार्फत दुर्घटनास्थलतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds