मर्स्याङ्दी बस दुर्घटना : १४ को मृत्यु, १६ जनालाई अस्पताल पठाइयो (अपडेट)

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ ।

१६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको हो ।

डीएसपी थापाकाकाअनुसार बसमा भारतीय नागरिकहरू रहेका थिए । बसमा ४१ जना यात्रु, चालक र सहचालक गरी ४३ जना रहेको प्रहरीको भनाइ छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds