पोखराबाट काठमाडौं आउँदै गरेको बस मस्याङ्दीमा खस्यो

काठमाडौं । तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेको छ । युपी ५३ एफटी ७६२३ नम्बर प्लेटको बस बिहान साढे ११ बजेतिर आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।

तनहुँका डीएसपी दीपककुमार रायका अनुसार पोखराबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनामा परेको खबर छ । घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप