मिसेस नेपाल आइकन २०१७ को उपाधी वर्षा कार्कीलाई

काठमाडौं ।एएनपी मिडिया हाउसद्धारा आयोजित विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मसेस नेपाल आइकन २०१७ को उपाधी भक्तपुरको कौशलटारकी वर्षा कार्कीले जितेकी छिन् । टीयुअन्र्तगतको वातावरण विज्ञानमा अध्ययनरत तथा ५ वर्षदेखि संयुक्त अपाङ्ग अवास केन्द्रमा स्वयमसेवीको रुपमा कार्यरत रहकी कार्की मिसेस नेपाल आइकन २०१७ भएकी छिन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आईतबार सम्पन्न प्रतियोगितामा अभिनेता सुनिल थापाले सोधेको निर्णायक प्रश्न यदि तपाई एक हप्ताको लागि यो देशको पहिलो महिला प्रधानमन्त्री बन्नु भयो भने देशलाई कसरी अगाडि बढाउनुहुन्छ भन्ने प्रश्नमा गहकिलो उत्तर दिँदै वर्षा चौथो संस्करणको मिसेस नेपाल आईकन २०१७ भएकी हुन् । विभिन्न ३० पेशाकर्मी र गृहिणीका बिच भएको अन्तिम स्पर्धामा जयन्ती श्रेष्ठ उप्रेती फष्ट रनर्सअपका साथ बेष्ट सिङ्गर, रचना श्रेष्ठ सेकेन्ड रनर्सअपका साथ बेष्ट हेयर, सुमीरा श्रेष्ठ थर्ड रनर्सअपका साथ मस्ट कन्फीडेन्ट तथा पार्वती केसी शाही फोर्थ रनर्सअपका साथ बेष्ट पर्सनालिटी भइन् ।
विभिन्न सांगितीक प्रस्तुतिका साथ अगाडि बढाइएको प्रतियोगितामा संगिता भट्टराई दाहाल मष्ट पपुलर र मष्ट फोटोजेनिक, सरीता लामा तामाङ भिवर्स च्वाइस र मिसेस क्याटवक, अप्सरा खड्का अधिकारी व्युटी अफ पर्पस, सुभद्रा मैनाली डंगोल सोसल्ली रेसपोन्सीबल, अन्जना लिम्बु राई मिसेस ट्यालेन्ट, सन्ध्या शाही फेसबुक च्वाईस र बेष्ट आर्टवर्क, आरोही विके दुलाल बेष्ट स्माइल, सोनु मल्ल खाण बेष्ट स्कीन र मष्ट व्युटीफुल, ममता महर्जन श्रेष्ठ बेष्ट डिसिप्लेन, रुपा बास्तोला मष्ट पंचुअल, शिल्पा बस्नेत वेष्ट फिजीक र मष्ट चार्मीङ, सोनी श्रेष्ठ मष्ट फ्रेण्डली, अन्जता केसी कडायत मष्ट कन्जिनियालिटी, श्रृजना शाक्य फेसन आइकन, अस्मीता बयलकोटी बेष्ट फिटनेस, तारा वली मष्ट एक्टीभ, सुजना श्रेष्ठ मष्ट इन्टिलेक्चुअल, लक्ष्मी महर्जन नगरकोटी मेनेजमेन्ट च्वाइस, स्मीती सुब्बा अंगदाम्बे मष्ट पर्फेक्ट, रमा महर्जन मष्ट डिजरभिङ, सबिता पाखरीन सोसल ओलफेयर एम्बेसडर, दिव्या पौडेल मष्ट एक्टििभ, सनिसा राई गुरुङ मष्ट पोजेटिभ एटिट्युड, सुमिन केसी व्युटी युथ रेस्पोन्सिविलिटी र सरला केसी बेष्ट डान्सर भएका थिए ।
अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा अभिनेता सुनिल थापा, अभिनेत्री सञ्चिता लुईटेल, हिसानका अध्यक्ष रमेश सिलवाल, बैंकर अनिता प्रधान, शिक्षासेवी पुर्ण लामा र सरोज प्याकुरेल निर्णायक रहेका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस