प्रभु ग्रुपको ई–शिक्षा पोर्टल

काठमाडौं । प्रभु ग्रुपले ई–शिक्षा अनलाइन पोर्टल अाफ्नाे देशमा ल्याएको छ । भारतलगायत अन्य तीन देशमा सफल भइसकेको ई–शिक्षा पोर्टल भारतीय युवा प्रतिनिधिको सहकार्यमा नेपाल ल्यार्इएकाे हो । ई–शिक्षा अनलाइन शिक्षा प्रणाली हो । ई–शिक्षा डटकम वेबसाइट रहेको साे पोर्टल नेपालमा अनलाइन शिक्षाका लागि बहुउपयोगी हुने ग्रुपले वताएकाे छ । ई–शिक्षा डटकम तथा मोबाइल एपका माध्यमबाट विद्यार्थीको सबै सूचना एउटै एप तथा साइटमा उपलव्ध हुनेछ । पोर्टलको प्रयोगसँगै असाइन्मेन्ट, एटेन्डेन्स, लाइबेरी, रिजल्ट सबै एकै एपमा उपलब्ध हुने पनि ग्रुपले दावी गरेकाे छ ।

साे कार्यक्रममा बोल्दै प्रभु म्यानेजमेन्टकी सीईओ कुसुम लामाले नेपालका अधिकांश प्रविधिमैत्री नभएको अवस्थामा पार्टको माध्यमबाट शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन सकिने धारणा राखिन् । समूहले नयाँ प्रविधीलाई उपत्यकासहित गाउँ–गाउँसम्म पुर्याउने लक्ष्य राखेकाे छ । विद्यालय तथा समग्र शैक्षिक क्षेत्रलाई डिजिटल बनाउने समूहको लक्ष्य छ । कार्यक्रममा बोल्दै प्रभु बैंकका सीईओ अशोक शेरचनले यस कार्यक्रममार्फत् बैंकको सामाजिक उत्तरदायित्वको काम गर्ने धारणा राखे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस