लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई दुई तिहाइ सांसदको विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । गत साउन ७ गते मुख्यमन्त्री नियुक्त आचार्यले मंगलबार प्रदेशसभाबाट दुई तिहाइ विश्वासको मत लिएका हुन् ।

उनको पक्षमा ७० मत र विपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरे । लुम्बिनीमा कुल ८७ सांसद छन् भने बहुमतका लागि ४४ सांसदको संख्या आवश्यक पर्छ । मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलको उपनेता थिए ।

आचार्य तीन दिनअघि मात्रै एमाले संसदीय दलको नेता चयन भएका हुन् । दलको नेता चयन भएपछि उनले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री आचार्य एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds