देउवालाई गिरि पत्नीको प्रश्न- कृष्ण मूर्तिको किताब खोइ ?

  • डम्मर बम

काठमाडौं । स्वर्गीय प्रदीप गिरि पत्नी भारती सिलवाल गिरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कृष्णमूर्तिको पुस्तक फिर्ता कहिले गर्ने प्रश्न गरेकी छिन् । स्कुल अफ डेमोक्रेसीले नेपाली कांग्रेसका श्रद्धेय नेता समाजवादी चिन्तक स्वः प्रदीप गिरिको दोस्रो स्मृतिमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

प्रदीप गिरिसँगको राजनीतिक समयमा लगेको सो पुस्तक फिर्ता न आएको उनको गुनासो छ । ‘देउवा गृहमन्त्री हुँदै देशको पाँच पटक प्रधानमन्त्री भइसकेको अब छैटौँ पटक प्रधानमन्त्री हुने सम्भावना छ,’ उनले भनिन्, ‘तर मेरो पुस्तक फिर्ता अझै आएन । ’

स्वः गिरि पत्नीले यति भन्दै गर्दा देउवा मुस्कुराइ रहेका थिए । प्रदीप गिरिको समाजवादप्रति दिएको योगदानको चर्चा गर्दै मधेसी जनताको पक्षमा संविधानले न समेटेकोले स्वः गिरिले हस्ताक्षर नगरेको उनको जिकिर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds