कांग्रेसका जिल्ला सभापतिहरुको भेला ककनीमा

नुवाकोट । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको दुई दिने भेला आज नुवाकोटको ककनीमा सुरु हुँदै छ । विधान मस्यौदा समितिले बुझाएको प्रतिवेदनमा साझा धारणा बनाउन जिल्ला सभापतिहरुको भेला गर्न लागिएको हो ।

विधान मस्यौदा समितिमा रहेका ललितपुरका सभापति मदन अमात्य र रोल्पाका सभापति अमर पुनले मस्यौदाबारे जानकारी गराएपछि सबै सभापतिहरुले आ–आफ्नो विचार राख्ने तय भएको छ ।

विधानका विषयमा पार्टीभित्र रहेको फरक मत र समितिले संकलन गरेको सुझाव प्रतिवेदनका बारेमा छलफल गरेर एउटै निष्कर्ष निकाल्ने तयारी भेलाले गरेको छ । सभापतिहरुको भेलाले निकालेको सुझाव पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने तयारीसमेत भएको छ ।

कांग्रेसका कोषाध्यक्षहरुको भेलासमेत शुक्रबार बस्दै छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस