कांग्रेसका जिल्ला सभापतिहरुको भेला ककनीमा

नुवाकोट । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको दुई दिने भेला आज नुवाकोटको ककनीमा सुरु हुँदै छ । विधान मस्यौदा समितिले बुझाएको प्रतिवेदनमा साझा धारणा बनाउन जिल्ला सभापतिहरुको भेला गर्न लागिएको हो ।

विधान मस्यौदा समितिमा रहेका ललितपुरका सभापति मदन अमात्य र रोल्पाका सभापति अमर पुनले मस्यौदाबारे जानकारी गराएपछि सबै सभापतिहरुले आ–आफ्नो विचार राख्ने तय भएको छ ।

विधानका विषयमा पार्टीभित्र रहेको फरक मत र समितिले संकलन गरेको सुझाव प्रतिवेदनका बारेमा छलफल गरेर एउटै निष्कर्ष निकाल्ने तयारी भेलाले गरेको छ । सभापतिहरुको भेलाले निकालेको सुझाव पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने तयारीसमेत भएको छ ।

कांग्रेसका कोषाध्यक्षहरुको भेलासमेत शुक्रबार बस्दै छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री