कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिँदै, को हुन् दुलही ?

काठमाडाैं । भारतीय हास्य कलाकार कपिल शर्मा विवाह बन्धनमा बाधिने भएका छन् । शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो विवाहको निम्तो दिएका हुन् । उनको ट्विटअनुसार विवाह डिसेम्बर १२ मा हुने भएको हो ।

उनले गिन्नी चतरथसँग विवाह गर्न लागेका हुन् । कपिलका अनुसार यी दुईको पहिलो भेट सन् २००५ मा भएको थियो । गिन्नीको कलेजमा विद्यार्थीको अडिसन दिन जाँदा भेट भएको  थियो । त्यही बेलादेखि उनले गिन्नीलाई मन पराएको बताएका छन् । कपिलका अनुसार उनका बाबुले गिन्नीसँग विवाह गर्न अस्वीकार गरेका थिए । पछि उनी  राजी भएका थिए ।

सन् २००७ मा लाप्टर च्यालेन्ज ३ को उपाधि जितेर कपिल बलिउडमा प्रवेश गरेका थिए । सन् २०१३ बाट कमेडी नाइट विथ कपिल शो नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेका उनले सन् २०१५ मा अब्बास मस्तानको निर्देशनमा ‘किस किसको प्यार करु’ नामक फिल्ममा काम गरेका थिए । यद्यपि, उनको फिल्मले राम्रो व्यापार भने गर्न सकेन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस