ट्राफिकले कागजात चेक गरिरहेको स्कुटर चालकलाई ट्रकले ठक्कर दिँदा मृत्यु, गठ्ठाघर तनावग्रस्त

काठमाडौं । भक्तपुरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा स्कुटर २० मिटर परसम्म घिसारेर लगेको थियो । मृतकको सनाखत हुने भैसकेको छैन ।

स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारी आक्रामक भएपछि भीड नियन्त्रण गर्न अश्रुग्यास हानेको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर भत्तपुरका ८० जना र काठमाडौंका ११५ जना प्रहरी परिचालन भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस