गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकाको पहिचान खुल्न बाँकी

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएकोमा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजन कार्कीकाअनुसार स्कुटर चालक अन्दाजी २०/२५ वर्षीय पुरुष भएको बताए । यसअघि महिला भनिएकोमा उक्त सनाखत गलत भएको थियो । प्रहरीले सीसीटीभी फुटेज हेर्दा पुरुषले बा. ४९ प ८९४४ नम्बरको स्कुटर चलाएको देखिएको छ । यसैको आधारमा मृतक पुरुष भएको प्रहरीले पुष्टि गरेको हो ।

यद्यपी मृतकको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको चक्कामुनि परेर स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ । ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

यो पनि : ट्राफिकले कागजात चेक गरिरहेको स्कुटर चालकलाई ट्रकले ठक्कर दिँदा मृत्यु, गठ्ठाघर तनावग्रस्त

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस