ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो फुटबलमा स्वर्ण

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबलको फाइनलमा ब्राजिललाई १–० गोलअन्तरले हराउँदै अमेरिकाले स्वर्णपदक जितेको छ । अमेरिकी महिला फुटबल टिम अब ओलम्पिकमा सर्वाधिक पाँचपटक स्वर्णपदक जित्ने पहिलो टिम बनेको छ ।

पार्क डेस प्रिन्सेसमा भएको खेलमा म्यालोरी स्वानसनले ५७औँ मिनेटमा गोल गरिन् । उनकै गोल नै अमेरिकाको जितमा निर्णायक साबित भयो ।

अमेरिकाले यसअघि सन् १९९६, २००४, २००८ र २०१२ स्वर्ण जितेको थियो । ब्राजिलले भने यसपटक रजत पटकमा चित्त बुझायो ।

सेमिफाइनलमा ब्राजिलले स्पेनलाई ४-२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । अमेरिकाले जर्मनीलाई १-० ले पाखा लगाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबलको उपाधि गोल्डेन गेटले उचाल्यो

काठमाडाैं । ‘एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२४’ शनिबार रोयल स्पोर्ट्स …

प्रतिकृया दिनुहॊस