फाइल तस्वीर

हामी बिल्कुल ठिक छौं, लय पक्रदैछौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी अहिलेसम्म ठिक भएको भन्दै लय पक्रिने क्रममा रहेको बताएका छन् ।

सातै प्रदेशमा भएको ‘क्लोज क्याम्प’ उत्साहपूर्ण रुपमा सकिएको जानकारी गराउँदै सभापति लामिछानेले पार्टी परिपक्व हुने चरणमा रहेको बताएका हुन् । ‘पार्टी परिपक्व हुने चरणमा छ । हामी विल्कुल ठिक छौँ, लय पक्रदैछौं । स्थापनाको दुई वर्षमा हामीले जानेर भन्दा पनि जानेको गर्‍यौं,’ सभापति लामिछानेले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले प्रदेशस्तरको छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशोधनको सुझावबारे केन्द्रीय समितिमा घनीभूत छलफल हुने बताएका छन् । ‘सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रुपमा क्लोज क्याम्प सकिएको छ । प्रदेशस्तरको छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशोधनको सुझाव केन्द्रीय समितिमा घनीभूत रुपमा छलफल हुने नै छ,’ सभापति लामिछानेले भनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस