मुस्कान दिने सहितको काम गरौँ : महामन्त्री शर्मा (भिडियोसहित)

  • डम्मर बम 

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कर्मचारीले जनतालाई मुस्कान दिने सहितको काम गर्न आग्रह गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियनले शनिबार काठमाडौँमा गरेको विभागीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले निजामती कर्मचारी मुस्कान सहितको सेवा मात्र नभई मुस्कान दिने सहितको सेवा दिन आग्रह गरेका हुन । “जनताले समयमा नपाउँदा उनीहरूमा निराशा छाउँछ,” महामन्त्री शर्माले भने, “समयमा काम नहुनु र जनताले दुःख पाउनुले कर्मचारीमाथि मात्र नभई सरकारमाथि नै विश्वास गुन्ने हुन्छ, जसका कारण लोकतन्त्र खतरामा पर्दछ ।”

“हामी सबैको सपना एउटै छ, त्यो वैज्ञानिक सपना नेपाल बनाउने हुटहुटी,” महामन्त्री शर्माले भने, “एक योजना नसकिँदै अर्को योजनाका लागि ऋण विषयमा हामी सजक छौ, राज्यलाई आर्थिक भार पारेर विदेशी ऋण लिनु हुँदैन ।”

नेपाल कर्मचारी युनियनकाका अध्यक्ष गोपाल पोख्रेलले निजामती कर्मचारी ऐनमा समावेश गर्नुपर्ने कुरा प्रस्तुत गरेका थिए ।
१) ट्रेड युनियनको अधिकार यथोचित हुनुपर्ने
२) कर्मचारीको वृद्धि विकास गर्नुपर्ने
३) सबै कर्मचारीलाई एकै डालोमा नहालेर अवधिका आधारमा बढुवा गर्नुपर्ने
४) सचिवको कार्यकाल ३ वर्ष राख्नु पर्छ छोट्याउनु पर्ने
र प्रदेश र स्थानीय गएका कर्मचारीलाई संघमा आउने वातावरण मिलाउने । अन्तर प्रदेश सरुवा व्यवस्था मिलाउने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अनशनमा पूर्व मुख्यमन्त्री कार्की !

काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् । वर्तमान सरकारले …

प्रतिकृया दिनुहॊस