काठमाडौं । एनएमबि बैंकले आ.व. २०७४/७५ को शुरुवात् सँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबि एकेडेमीको शुरुवात गरेको छ । यसको मुख्य उद्देश्य बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने सबै प्रकार चुनौतीहरुको सामना गर्न सक्षम बनाउनु रहेको छ । उक्त एकेडेमीको उद्घाटनका अवसरमा बैंकका कार्यकारी अधिकृत सुनील के.सी.ले भने, यो आफ्नै प्रकारको पहिलो प्रयास हो । बैंकिङ्ग क्षेत्रमा आफ्नै आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा संचालन गर्ने संम्भवत् एनएमबि पहिलो बैंक हो ।
तपाईंको प्रतिकृया




