हिमालयन बैंकको स्वयम्भु शाखा स्थानान्तरण

काठमाडौँ । हिमालयन बैंकले साउन २१ गतेदेखि स्वयम्भु शाखालाई बालाजुमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको छ । हिमालयन बैंकले सिभिल बैंक प्राप्ति गरेपश्चात नजिक भएका शाखा सञ्जालहरुमध्ये स्वयम्भु शाखा– २ लाई स्थानान्तरण गरी बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याइएको सो बैंकले जनाएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरेका थिए । हाल बैंकले नेपालभर १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५ सयभन्दा बढी पीओएस टर्मिनल्स् र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंक लिमिटेड र हिमालयन रिसोर्टबिच सम्झौता

काठमाडौँ । कुमारी बैंक र धुलिखेलस्थित दूषित ठानी हिमालयन रिसोर्टबिच कुमारी बैंकका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान …

प्रतिकृया दिनुहॊस