वनमन्त्री ठकुरीले मन्त्रालयबाट प्रारम्भ गरे ‘प्लाष्टिक फ्रि जोन’ अभियान

काठमाडौं । वन तथा वातावरण मन्त्रालयबाट ‘प्लाष्टिक फ्रि जोन’ अभियान सुरु गरिएको छ । वनमन्त्री ऐनबहादुर शाही ठकुरीले केन्द्रीय प्रशासनिक भवन सिहदरबार क्षेत्रमा मानव स्वास्थ्य र वातावरणमा असर गर्ने प्लाष्टिकका सामग्रीको प्रयोग हटाउन ‘प्लाष्टिक फ्रि जोन’ अभियानको सुरुआत गरेका हुन् ।

वातावरणका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथै फाउण्डेसन’ को प्रनितिधिमण्डलसँग बिहीबार मन्त्रालयमा भएको भेटवार्तापछि मन्त्री ठकुरीले आफ्नै कार्यकक्षमा रहेका खानेपानीका प्लाष्टिकका बोतल हटाएर सो अभियान प्रारम्भ गरेका छन् । ‘हाम्रो मन्त्रालयका सबै कार्यकक्षमा आजैदेखि मानव स्वास्थ्य र वातावरणमा असर गर्ने तथा प्रयोग गर्न अयोग्य प्लाष्टिकका सामग्री हटाएर अभियानको सुरुआत गर्छौं,’ उनले भने, ‘बाँकी अन्य मन्त्रालय र निकायलाई पनि आग्रह गरेर यसरी नै सिंहदरबार प्लाष्टिक फ्रि जोन बनाउन पहल गर्छौं ।’

साथसाथै फाउण्डेसनका अध्यक्ष प्रजिता कार्कीले स्वच्छ र हरित वातावरण बनाउन प्रत्येक व्यक्तिले आफ्नो तर्फबाट व्यक्तिगत रूपमा प्रतिबद्धता गरी काम गर्नुपर्ने संस्थाको अभियानका बारेमा मन्त्री ठकुरीलाई अवगत गराएकी थिइन् । दिगो वातावरण र प्रकृति जोगाउनका लागि दैनिक जीवनमा प्रयोग हुने सामग्रीको पुनः प्रयोग गर्ने, कम प्रयोग गर्नेलगायत अभियानका लागि सचेतना आवश्यक रहेको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अनशनमा पूर्व मुख्यमन्त्री कार्की !

काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् । वर्तमान सरकारले …

प्रतिकृया दिनुहॊस