दरबारमार्ग-काठमाडौं प्लाजा जोड्ने सडक भाँसियो

काठमाडौं । काठमाडौंको कमलादीमा सडक भाँसिएको छ । काठमाडौं महानगरपालिका कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक गए राति नै भासिएको स्थानीयले जनाएका छन् । महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको हो ।

सवारी आवतजावत नै नहुने गरी सडक भासिएको छ । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ । दरबारमार्गबाट कमलपोखरी जाने सवारीलाई नारायणहिटीको मुख्य ढोका हुँदै डाइभर्सन गरिएको छ ।

यसअघि सोह्रखुट्टेमा सडक भासिदा चालकसहित मोटरसाइकल खाल्डोमा फसेको थियो । चालकको तत्कालै सकुशल उद्दार गरिएपनि मोटरसाकइल भने केही घण्टापछि मात्रै निकालिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अनशनमा पूर्व मुख्यमन्त्री कार्की !

काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् । वर्तमान सरकारले …

प्रतिकृया दिनुहॊस