एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना क्याप्टेन मल्लसहित पाँच जनाको मृत्यु (अपडेट)

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट रसुवातर्फ उडेको एयर डाइनेस्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार अनुसार ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो , हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले घटनास्थलमा पाँच जनाको शव फेला पुष्टि गरे । ‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,’ उनले भने, ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन ।’

हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस