उडेको ३ मिनेटमै हराएको थियो सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टर

काठमाडौँ । नुवाकोटमा एयर डाइनेस्टीको कलसाइन ९ एन-एजेडी हेलिकप्टर दुर्घटना भएको छ । दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याँफ्रुबेसीका लागि उडेको हेलिकप्टर तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार थिए । उनीहरू चारै जनाको मृत्यु भएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस