फाइल फोटो

नुवाकोटमा हेलिकप्टर दुर्घटना, क्याप्टेन अरुण मल्लले उडाएका थिए

काठमाडौं नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो ।

स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेको थिए । नुवाकोटका एसपी शान्तिराज कोइरालाले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए । ‘हेलिकप्टर ठोक्किएको दुर्घटना भएको प्रारम्भिर जानकरी छ,’ उनले भने, ‘केही शवहरु देखिएको सूचना आएको छ ।’

एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार हेलिकप्टर हराइरहेको जानकारी प्राप्त भएको बताए । उनका अनुसार ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार १ बजेर १४ मिनेटमा उडेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस