मर्दीमा भेटिएको कंकाल स्विडेनका नागरिक लिउकै भएको पुष्टि

काठमाडौं – मर्दी हिमालको आधार शिविरमा भेटिएकाे मानव कंकाल स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्गकाे भएकाे प्रहरीले जनाएकाे छ ।

शुक्रबार दिउँसो ४ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ मर्दी हिमालको आधार शिविर नजिकै निगालोको घारीमा मानव कंकाल फेला परेको थियाे । आधा र शिविरको मुख्य बाटोभन्दा एक हजार २०० मिटर पूर्वतर्फ मर्दी खोलाको उद्गमाथि रहेको लामडाँडाको खोंचमा दुई वटा हाड, मोबाइल, ट्रयाक र ज्याकेट छ।

भेडा चरनका लागि पुगेका गोठालाले कंकाल फेला पारेको वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले बताए। उनका अनुसार भेडा चरनका लागि पुगेका गोविन्द गौतमले कंकाल फेला परेपछि तस्बिरसहित जानकारी गराएका थिए । ४ हजार ५०० मिटरको उचाइमा कंकाल देखेका गौतमले वडाध्यक्ष क्षेत्रीलाई बताएपछि वडाध्यक्ष क्षेत्रीले प्रहरीलाई खबर गरेका छन् । वडा प्रहरी कार्यालय, बगरबाट प्रहरी निरीक्षक बोधराज रेग्मी नेतृत्वको टोेली आइतबार घटनास्थलतर्फ लागेको छ ।

जिल्ला प्रहरी कार्यालयले भने लिउकै भएको बताएको छ । लिउ गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा बेपत्ता भएका हुन् । त्यो दिन मर्दी हाइ क्याम्पबाट बिहान ४ बजेतिर बेस क्याम्प हिँडेका २२ वर्षीय लिउ बेलुका होटल नफर्किएपछि खोजी सुरु भएको थियो। लामो समयसम्म खोजी भएपनि अवस्था अज्ञात रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले मोबाइल र ज्याकेटको लोगोेले लिउको कंकाल पुष्टि हुने बताउँछन् । ‘स्विडेनमा रहेको परिवारले भेटिएका कपडाको ब्रान्ड, मोवाइलले लिउकै भएको पुष्टि गरेका छन्,’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस