मौद्रिक नीतिलाई अनुशरण नगरे शिथिलता कायमै रहन्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पुँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् ।

आज (आइतबार) राजधानीमा आयोजित चालु आर्थिक वर्ष (२०८१/८२) को मौद्रिक नीतिमाथि नीजि क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरिल्याइएको यस नीतिलाई सबैले अनुशरण नगरे शिथिलता कायमै रहने बताएका छन् ।

उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीति ल्याइरहँदाखेरि अर्थतन्त्रका हिसाबले हामी कहाँ छौं ? नेपालका अर्थतन्त्रका विभिन्न क्षेहरुको अवस्था कस्तो छ ? त्यसलाई आधार मानेर हामी के गर्न सक्छौं ? आधारभूत आवश्यकता के हो ? यसको आधारमा नीति ल्याएका छौं । अब यसले कसरी काम गर्छ भन्ने कुरामा भर पर्छ । राज्य र नीजि क्षेत्रको तर्फबाट आफ्नो ठाउँमा काम गरिएन र बहानाबाजी मात्रै गरियो भने यो शिथिलता कायम हुने डर हुन्छ । व्यापारमा उत्साह ल्याउनकालागि गरिएको यस अभ्यासलाई सबैले अनुशरण गर्नुपर्छ, चाहे राज्य सत्तामा बस्नेहरु होस्, चाहे निजी क्षेत्रमा काम गरिरहने साथीहरु नै किन नहोस् ।’

उनले केही ठाउँहरुमा केही क्षेत्रहरु नसमेटिएको भन्ने गुनासो समेत आउने गरेको उल्लेख गर्दै राष्ट्र बैंकले सबै क्षेत्रलाई समान व्यवहार गरेको स्पष्ट पारे । निजी क्षेत्रलाई स्वतन्त्रता दिइएको भए पनि आर्थिक अस्थिरता पैदा हुनेगरी काम गर्न नदिने गभर्नर अधिकारीको भनाइ छ । ‘आर्थिक अस्थिरता हुने गरी काम गर्न दिंदैनौं । त्यसमा एकदमै सजग छौं । मौद्रिक नीतिले निजी क्षेत्रको कुनै पनि आर्थिक क्रियाकलापमा असर पर्ला भनेर डराउनु पर्दैन । मौद्रिक नीतिले समग्रमा निर्माणमा सहयोग पुग्छ भन्ने आशा लिएका छौं,’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस