फाइल फाेटाे

बागमती नदी किनारमा पुरुषको शव भेटियो

काठमाडौ । ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आज बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालयनजिक बागमती किनारमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो ।

‘शव घोप्टो परेको अवस्थामा भेटिएको छ, बाढीले बगाएको जस्तो देखिएको छ । शव धेरै पुरानो जस्तो पनि देखिँदैन’, एसपी सुवेदीले सुनाए, ‘पोस्टमार्टमका लागि अस्पताल लाने तयारी गरिरहेका छौं ।’ अहिलेसम्म शवको पहिचान खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस