प्रधानमन्त्रीले कुलमानलाई जंगबहादुरको शैलीमा निर्देशन दिए : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्नेगरि काम गर्न जंगबहादुरको शैलीमा निर्देशन दिएको आरोप लगाएको छ ।

आइतबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्राधिकरणलाई हुकुमी शैलीमा निर्देशन दिएको भन्दै यसबाट यो सरकार किन र कसका लागि बनेको भन्ने प्रष्ट भएको जिकिर गरेका छन् ।

उनले भने- ‘तीन चरणमा यस विषयमा विवाद रहेको छ । हाम्रो संसद्को सार्वजनिक लेखा समितिले एउटा उपसमितिनै तयार पारेको छ । यसमा ८ बुँदामा निर्देशन जारी गर्ने उल्लेख गरेको छ । विद्युत नियमन आयोगले समेत यसलाई गम्भीरतापूर्वक लिएको छ । र यसमा पनि सुझाव र निर्देशनहरु दिईएको छ । विद्युत प्राधिकरणले विभिन्न समयमा पटक पटक उपसमिति बनाएको छ । र त्यसले सुझाव पेश गरेको छ । त्यसका आधारमा प्रचण्ड नेतृत्वको निवर्तमान सरकारले स्प्रष्ट निर्देशनका साथका समस्याको समाधान गर्ने भनेको थियो । तर, अहिलेको सरकारले यसलाई उल्ट्याउने कोशिस गरेको छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय

काठमाडौँ । सरकारले दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस