rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं. साउन ०२, २०८१ । ई.सं. 17 Jul, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ दिल्लाथ्व । कालयुक्त दक्षिणायन वर्षा । बुधबार आषाढ शुक्लपक्ष । तिथि एकादशी १८:०२ बजेसम्म, त्यसपछी द्वादशी । नक्षत्र अनुराधा ०१:२७ बजेसम्म, त्यसपछी ज्येष्ठा । योग शुभ ०६:०३ बजेसम्म, त्यसपछी शुक्ल । करण वणिज ०५:४३ बजेसम्म, त्यसपछी भद्रा १८:०२बजेसम्म, त्यसपछी वव । चन्द्रराशि वृश्चिक । आनन्दादि योग सौम्य । दिनमान १३:३९ । सूर्योदय ५:२० । सूर्यास्त १८:५९ । हरिशयनी एकादशी व्रत, तुलसी रोपण, चतुर्मास व्रत शुरु, हरिवासरयोग १८:२ देखी १:२७ बजेसम्म । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक, सांस्कृतिक, भोजभतेर सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समय प्रतिकुल भई कुलतमा मन जान सक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वस्त्र पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धन हात पर्न सक्छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वाहन सुख पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद बढ्नेछ । चोटपटक पनि लाग्न सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमै निखारता पनि ल्याउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पलेशालाई सरकारको सम्मान, खातामा पठायो ६५ लाख

काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ …

प्रतिकृया दिनुहॊस