आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं । आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन । ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको विरुवा आज सार्ने प्रचलन छ । आज सनातन धर्मावलम्बीहरू आँगनमा तुलसी रोपी भगवान् विष्णुको पूजा-आराधना गरी मनाउने गर्छन् । वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्व दिइन्छ ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा विशेष पूजा हुने गर्दछ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रूपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

आज रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास पनि भनिन्छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशी का दिन तुलसीविवाह गरेपछि चतुर्मास अनुष्ठान सम्पन्न हुने गर्दछ ।

आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको अत्यधिक उपयोग गरिन्छ । अत्यधिक अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको वैज्ञानिक महत्व छ । आयुर्वेद चिकित्सामा तुलसीलाई बहुउपयोगी औषधिको रूपमा हजारौं वर्षदेखि प्रयोग गरिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रदेश संरचना हटाउन सकिन्न : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । काँग्रेसको …

प्रतिकृया दिनुहॊस