कांग्रेसले टुंग्यायो मन्त्री बन्ने १० नेताको नाम

काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री हुनेको १० नेताको नाम टुंगिएको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जान लागेको हो ।

उनलाई उपप्रधानसहित सहरी विकास मन्त्रालय दिइने भएको छ । रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ । अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दीपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन् । ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको हो ।

सभापति देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ । जसअनुसार प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने बन्दा सहमहामन्त्री बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । रामनाथ अधिकारी कृषि र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds