सुनको मूल्यले तोड्यो यसअघिको सबै कीर्तिमान, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि कीर्तिमान कायम गरेको छ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

आइतबार प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २०० रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds