एमाले टुङ्ग्यायो मन्त्री बन्नेको नाम, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूको नाम हेरफेर गरेको छ । आइतबार राति टुंगिएको भनिएको नाममध्ये तीन जना हेरफेर गरेको हो ।

यसअघि योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठ मन्त्री बन्ने भनिएकोमा शीर्ष नेताहरुको पछिल्लो छलफलले उनीहरूको ठाउँमा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

जस अनुसार विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाललाई भौतिक योजनामन्त्री, विद्या भट्टराईलाई शिक्षा, मानवीर राईलाई रक्षा, दामोदर भण्डारीलाई उद्योग, बलराम अधिकारीलाई भूमि व्यवस्था तथा सहकारी र राजकुमार गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने एमाले स्रोत बताएको छ ।

तीन वर्षपछि सत्तामा फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थन पाएका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds