कालिकोटमा ट्याक्टर पल्टिदा चालकको मृत्यु, २ जना गम्भीर घाइते

काठमाडौं । कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राष्कोट नगरपालिका-५ अन्तर्गत आरसिपिबजारको सडकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

चालकसहित अन्य दुई जना गम्भीर घाइते भई उपचारका लागि बाटोमा लैजाँदै गर्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा रास्कोट नगरपालिका-२ का नम सार्कीको शरीरको भित्री भागमा चोट लागेको छ भने वडा नम्बर ५ कै प्रकाश तिरुवाको टाउकोमा चोट लागेको छ। उनीहरूको उपचार भइरहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds