गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस् : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू मन्त्री भएकै कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान थाल्न आग्रह गरेका छन् ।

आइतबार मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरू उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट न्यायाधीशसँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह गरेका हुन् ।

उनले गल्ती गर्ने जो भएपनि बच्नु बचाउनु नहुने बताए । ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन। न कसैको सरुवा गर्नुस् भनेको छु,’ उनले भने, ‘न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु । तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने गहन अनुसन्धान गर्नुस् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds