ओली सरकारमा कांग्रेसबाट प्रकाशमान र एमालेबाट विष्णु उपप्रधानमन्त्री

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री हुने लगभग पक्का भएको छ । कांग्रेस र एमालेबाट एक/एक जना उपप्रधानमन्त्री बन्ने भएका हुन् ।

कांग्रेसले प्रधानमन्त्रीमा एमालेलाई समर्थन गरेसँगै आफूलाई उपप्रधानसहित मालदार मन्त्रालयको दाबी गरिरहेको छ । सहमति अनुसार एमालेले प्रधानमन्त्रीसहित अर्थ आफ्नो कोल्टामा पार्दा कांग्रेसलेपनि गृह र परराष्ट्रसहितका अन्य मालदार मन्त्रालयको लबिङमा जुटिरहेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीबाट उपप्रधानमन्त्रीको नेतृत्वमा कांग्रेसलाई सरकारमा सहभागी पठाउने तयारी गरिरहँदा प्रकाशमान सिंहलाई त्यसका लागि तयार रहिरहन निर्देशन दिएको देउवा निकट स्रोतले बताएको छ । कांग्रेसले उपप्रधानमन्त्री माग्दा एमालेले पनि उपप्रधानसहित अर्थमा विष्णु पौडेललाई पठाउने लगभग पक्का पक्की भइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds