ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आइतबार बेलुकी ५ बजेसम्म प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

ओलीले शुक्रवार नै आफ्नो दल नेकपा एमालेसँगै नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले प्रधानमन्त्रीका रुपमा सोमबार शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds