बुढानीलकण्ठमा देउवा-ओली दुई घण्टा वार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास बुढानीलकण्ठमा बुधबार साँझ उनीहरूबिच भेटवार्ता भएको हो। आफूलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नै तयार गरिसकेका देउवालाई भेट्न ओली बुढानिलकण्ठस्थित उनकै निवासमा पुगेका हुन् ।

नयाँ सत्ता समीकरण गर्ने सहमति गरेका दुई नेताले भावी योजनाको बारेमा छलफल गरेको बताइएको छ । उनीहरुबीच करिब दुई घण्टा कुराकानी भएको छ ।

सरका गठनको प्रक्रिया र सरकारमा समेट्ने दलहरुको विषयमा दलहरुबीच कुराकानी भएको छ । आफ्नो नेतृत्वमा सरकार बनाउने सहमती भए पनि अन्तिम समयमा कांग्रेसले धोकादिन सक्ने आशंकामा अझै पनि ओली देखिएका छन् ।

यस्तै संविधानको धारा ७६ (३) अनुसार सरकार गठनका लागि आह्वान गरे आफू प्रधानमन्त्री बन्न नपाउने आशंका पनि एमालेमा छ । सहमती पछि दुई दलबीच बारम्बार छलफल भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसैको दबाब र चाहनामा मुद्दा चल्दैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र …

प्रतिकृया दिनुहॊस