पाल्पामा ट्रकसँग स्कुटर ठोक्किँदा दाजुको मृत्यु, बहिनी गम्भीर

काठमाडौं । पाल्पामा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तिनाउ-३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको हो ।

बुधबार बेलुका भएको दुर्घटनामा स्कुटरको पछाडि सवार विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएकी छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु८६प ६५१ नम्बरको स्कुटर सोही दिशातर्फ आइरहेको लु२ख ५३७३ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्लापका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । ट्रक चालककलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसैको दबाब र चाहनामा मुद्दा चल्दैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र …

प्रतिकृया दिनुहॊस