शनिबारसम्म भीषण र अत्यधिक वर्षाको प्रक्षेपण, कुन कुन जिल्लामा छ जोखिम ?

काठमाडौं । दुईवटा मौसमी प्रणाली एकसाथ सक्रिय हुँदा शनिबारसम्म देशभर वर्षाको प्रक्षेपण गरिएको छ । मनसुन न्यूनचापीय रेखा नेपालतिर सर्नुका साथै बिहीबारबाट उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने भएपछि मौसम पूर्वानुमान महाशाखाले देशभर वर्षाको आकलन गरेको हो ।

मनसुन रेखा पश्चिम (सुदूर र लुम्बिनीको पश्चिम) बाहेकमा नेपालतिर सर्न थालेकाले मध्य र पूर्वी नेपालमा भीषण र अत्यधिक वर्षाको चेतावनी दिइएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै शनिबार बिहानसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यो अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि अतिभारी तथा सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसैको दबाब र चाहनामा मुद्दा चल्दैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र …

प्रतिकृया दिनुहॊस