काठमाडौं । कृषि विकास बैंकले डढेलधुरा जिल्लाको परशुराम नगरपालिका स्थीत जोगबुढामा नयाँ शाखा स्थापना गरेको छ । बैंक संचालक समिति सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।
सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा परशुराम नगरपालिका मेयर भिम बहादुर साउदले बैंकको उच्च प्रगतिका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
तपाईंको प्रतिकृया




