दैलेख जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुग्याे

सुर्खेत । दैलेख जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुगेको छ । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका-३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना भएको थियो।

दुर्घटनामा ठाँटीकाँध गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रबहादुर शाही ३० वर्षीय निर्मल वम, ठाँटीकाँध–२ का ३० वर्षीय रमेश शाही, ४६ वर्षीया रत्ना शाही र ठाँटीकाँध–४ का दिलिप शाहीको मृत्यु भएको छ ।

राजेन्द्र र निर्मलाको घटनास्थलमै र बाँकीको उपचारका लागि सुर्खेत ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिपको ब्रेक फेल भएर दुर्घटना भएको थियो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस